क्रमशः ९
पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी गरी मूल्य कायम गर्नेः
(१) कूटनीतिक सुविधा वा महसुल सुविधामा पैठारी भएका वा आयोजना वा आयोजनाको ठेकेदार वा परामर्शदाताका नाममा पछि फिर्ता लैजाने शर्तमा पूर्ण वा आंशिक महसुल .सुविधा वा बैङ्क ग्यारेण्टी वा धरौटीमा पैठारी भएका वा अन्य/सङ्घ, संस्थाको नाममा पूर्ण वा आंशिक भन्सार महसुल छुटमा पैठारी भएका सवारी साधन तथा यन्त्र उपकरण नेपालभित्र कसैलाई उपहार दिएमा वा बिक्री गरेमा वा पैठारी गर्नेले आफ्नै प्रयोजनको लागि राख्ने भएमा त्यस्ता सवारी साधन तथा यन्त्र उपकरणको भन्सार महसुल लिने प्रयोजनको लागि भन्सार अधिकृतले पैठारी हुँदाको अवस्थामा कायम भएको मूल्यमा (प्रत्येक वर्षको अवशिष्ट मूल्यमा) वार्षिक दश प्रतिशतको दरबाट अधिकतम पाँच वर्षको हासकट्टी गरी मूल्य कायम गर्नेछ।
तर एक वर्षभन्दा कम हुन आउने अवधिलाई ह्वासकट्टी प्रयोजनका लागि गणना गरिने छैन।
(२) उपदफा (१) बाहेक निजी प्रयोगका लागि आंशिक भन्सार महसुल छुटमा व्यक्तिगत रूपमा पैठारी भएका सवारी साधन अन्य व्यक्तिलाई बिक्री गर्ने वा हक हस्तान्तरण गर्ने भएमा भन्सार महसुल लिने प्रयोजनको लागि मूल्य कायम गर्दा वार्षिक दश प्रतिशतका दरले अधिकतम पाँच वर्षको (प्रत्येक वर्षको अवशिष्ट मूल्यमा) हासकट्टी गरी मूल्य कायम गरिनेछ।
तर् एक वर्षभन्दा कम हुन आउने अवधिलाई ह्वासकट्टी प्रयोजनका लागि गणना गरिने छैन। (३) उपदफा (१) वा (२) बमोजिम पैठारी भएको सवारी साधनको पैठारीका अवस्थामा कायम भएको मूल्य अन्य त्यस्तै सवारी साधनको मूल्यभन्दा धेरै कम भएको अवस्थामा बाहेक सामान्यतः पैठारी गर्दा कायम गरेको विदेशी मुद्रालाई आधारः मानी उपदफा (१) वा (२) बमोजिम मूल्य कायम गरिनेछ।
(४) उपदफा (१) वा (२) बमोजिम सवारी साधनमा हासकट्टी गर्दा उक्त सवारी साधनको उत्पादन मितिदेखि गणना गरिनेछ र पैठारी हुनुपूर्व विदेशमा व्यतित भएको अवधि कटाई बाँकी अवधिको मात्र हासकट्टी गरिनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कूटनीतिक निकायबाट: गरेको सवारी साधनको बिक्रीलाई लिलाम गरेसरह मानिनेछ।